मितिः 2081/0६/१० (सेप्टेम्बर २६,2024)
नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले कनेक्टिकट राज्यमा NRNA Connecticut Chapter तथा Nepalese Association of Connecticut, USA सँगको समन्वयमा देहायको स्थान, मिति र समयमा सो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गरी कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय गरेको ब्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ।
कन्सुलर शिविर आयोजना हुने स्थान, मिति र समयः
कनेक्टिकट राज्य (Connecticut)
स्थानः Vallabhdham Temple, 26 Church St, Newington, CT 06111
मितिः अक्टोबर ५ र ६, 2024 (शनिबार र आइतबार)
समय: बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म
नोटः राहदानी नविकरणका लागि 2025 अक्टोबर ४ अगाडि नै म्याद समाप्त हुने राहदानी वाहकको मात्र आवेदन लिन सकिने तर हराएको वा क्षति भएको राहदानीको हकमा जुनसुकै म्यादको पनि आवेदन दिन मिल्ने।
- राहदानी (e-Passport) नवीकरणका लागि अनलाइन आवेदन/Appointment लिने तरिकाः
- सर्वप्रथम आफ्नो कम्प्युटर/ल्यापटप वा मोबाईलको Date and Time Setting मा गई Time Zone “Kathmandu, Nepal” छनौट गर्ने।
- https://emrtds.nepalpassport.gov.np/ लिंकमा गई Apply for Passport छनौट (Select) गरेपश्चात Types of Application मा Renewal /Replacement (Lost/Stolen) वा हातले लेखेको राहदानी नवीकरणको लागि First Issuance छनौट गरी Ordinary 34 pages मा Proceed गर्ने।
- Appointment Country -Other छनौट (Select) गरी Appointment Location – NPM, New York छनौट गर्ने।
- तत्पश्चात् महावाणिज्यदूतावासले अक्टोबर 2024 (October 2024) महिनाको लागि खोलिएको Appointment date लिने। Appointment Date र Time छनौट गरेर सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा barcode सहितको PDF फाराम Download गर्ने।(डाउनलोड गरिएको फारामको दाँयापट्टि छेउमा र पुछारमा बारकोड देखिने गरी प्रिन्ट भएको हुनुपर्ने)
- उक्त बारकोडसहितको फारामको Scanned PDF Copy, राहदानी र नागरिकताको फोटोकपी लिएर Biometrics का लागि तोकिएको स्थान र समयमा आवेदक स्वयं उपस्थित हुनुपर्नेछ।
विद्युतीय राहदानी (e–Passport application) का लागि आवश्यक कागजातहरु:
- सक्कल नागरिकता र सोको प्रतिलिपि।
- नाबालकको हकमा नाबालक परिचयपत्र वा जन्मदर्ता प्रमाणपत्र तथा बाबु र आमाको नागरिकता र विवाहदर्ताको प्रतिलिपिहरु।
- सक्कल राहदानी र सोको प्रतिलिपि र हराएको खण्डमा पुरानो राहदानीको प्रतिलिपि।
- Biometrics का लागि रीतपूर्वक अनलाईन फाराम (https://emrtds.nepalpassport.gov.np/) भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति।
- राहदानी दस्तुर नेपाली महावाणिज्यदूतावासको नाममा जारी भएको Money Order वा Bank Cashier check मार्फत बुझाउनुपर्नेछः
- नियमित राहदानीको लागि – अ.ड. 150/-
- राहदानी हराएको वा क्षति भएको भए – अ.ड. 300/-
- नाबालक (१० वर्ष भन्दा कम उमेरको हकमा नियमिततर्फ – अ.ड. 75/- र हराएको/क्षति भएको हकमा – अ.ड. 150/-)
- नाबालक (१० वर्ष भन्दा बढी उमेरको हकमा नियमिततर्फ अ.ड. १५०/- र हराएको/क्षति भएको हकमा – अ.ड. ३०0/-)
- सेवाग्राहीले राहदानी आवेदन गर्दाकै समयमा (Self-Addressed Prepaid Return Envelope) घुम्ती शिविरमा आउने नियोगका कर्मचारीलार्इ दिनुपर्नेछ। नेपालमा नयाँ राहदानी छपार्इ भई महावाणिज्यदूतावासमा प्राप्त भर्इसकेपछि उक्त राहदानी सम्बन्धित आवेदकले आफ्नो पूरा नाम र ठेगाना उल्लेख गरी उपलब्ध गराएको फिर्तिखाम (Self-Addressed Prepaid Return Envelope) मार्फत पठाइने छ।
२. एकतर्फी यात्रा अनुमतिपत्र One Way Travel Document
आवश्यक कागजातहरुः
- नेपाली नागरिकताको प्रतिलिपि।
- नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकता र विवाहदर्ताको प्रतिलिपिहरु।
- सक्कल राहदानी र सोको प्रतिलिपि र हराएको खण्डमा पुरानो राहदानीको प्रतिलिपि।
- नेपाली महावाणिज्यदूतावास न्यूयोर्कको नाममा जारी भएको अ.ड. ५०/- को Money Order वा Bank Cashier check
- २ प्रति पासपोर्ट साइजको फोटो।
- गैर आवासीय नेपाली परिचय पत्रका लागि आवश्यक कागजातहरु
- नेपाली मूलका विदेशी नागरिकले प्राप्त गरेको अमेरिकी Naturalization Certificate को प्रतिलिपि।
- नेपाली मूलका विदेशी नागरिकको अमेरिकी राहदानीको प्रतिलिपी ।
- नेपाली नागरिकताको प्रतिलिपी (नागरिकता परित्याग गरेको भए सोको प्रतिलिपी)
- नेपाली नागरिकता नबनेका नाबालक अवस्थामा अमेरिका आएका नेपाली मूलका विदेशी नागरिकहरुको लागि- बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र, नाबालक परिचयपत्र वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, बाबु आमाको विवाह दर्ताको प्रतिलिपि
- साबिकको नेपाली राहदानीको प्रतिलिपी।
- हाल बसोबास गरेको मुलुकमा ब्यापार/व्यवसाय, वा पेसा/रोजगारीमा संलग्न रहेको भए सोको प्रमाण।
- २ प्रति पासपोर्ट साइजको फोटो।
- नेपाली महावाणिज्यदूतावास न्यूयोर्कको नाममा जारी भएको अ.ड. ५२०/- को Money Order वा Bank Cashier check
- गैर आवासीय नेपाली परिचयपत्र तयार भएपछि फिर्ता पठाउनको लागि Self-Addressed Prepaid Return Envelope
यो घुम्ती सेवा शिविरबारे थप जानकारी आवश्यक भएमा सम्पर्कका लागिः
- नेपाली महावाणिज्यदूतावास न्यूयोर्कः
Tel: 917-675-6783; Email: cgnnewyork@mofa.gov.np
- स्थानीय सम्पर्क व्यक्तिहरु:
- Krishna P. Bhatta, President, NRNA NCC Connecticut Chapter, Cell No. 860-861-3232
- Muna Tiwari, Cell No. 860-712-5270
- Santosh Lamsal, President, Nepalese Association of Connecticut, Cell No. 860-578-7527,
- Gopal Adhikari, Vice-President, Cell No. 860-990-8662
- Tara Niraula, Treasurer, Cell No. 860-987-8722
- Subash Budhathoki, Secretary, Cell No. 860-216-8102
###