संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यमा संचालन हुने कन्सुलर सेवा घुम्ती शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

   मितिः 2081/0/१० (सेप्टेम्बर २,2024)

नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले कनेक्टिकट राज्यमा NRNA Connecticut Chapter तथा Nepalese Association of Connecticut, USA  सँगको समन्वयमा देहायको स्थान, मिति र समयमा सो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गरी कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय गरेको  ब्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ।

कन्सुलर शिविर आयोजना हुने स्थान, मिति र समयः

कनेक्टिकट राज्य (Connecticut)

स्थानः   Vallabhdham Temple, 26 Church St, Newington, CT 06111

मितिः   अक्टोबर ५ र ६, 2024 (शनिबार र आइतबार)

समय:   बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म

नोटः राहदानी नविकरणका लागि 2025 अक्टोबर ४ अगाडि नै म्याद समाप्त हुने राहदानी वाहकको मात्र आवेदन लिन सकिने तर हराएको वा क्षति भएको राहदानीको हकमा जुनसुकै म्यादको पनि आवेदन दिन मिल्ने।          

  1. राहदानी (e-Passport) नवीकरणका लागि अनलाइन आवेदन/Appointment लिने तरिकाः
  • सर्वप्रथम आफ्नो कम्प्युटर/ल्यापटप वा मोबाईलको Date and Time Setting मा गई Time Zone “Kathmandu, Nepal” छनौट गर्ने।
  • https://emrtds.nepalpassport.gov.np/ लिंकमा गई Apply for Passport छनौट (Select) गरेपश्चात Types of Application मा Renewal /Replacement (Lost/Stolen) वा हातले लेखेको राहदानी नवीकरणको लागि First Issuance छनौट गरी Ordinary 34 pages मा Proceed गर्ने।
  • Appointment Country -Other छनौट (Select) गरी Appointment Location – NPM, New York छनौट गर्ने।
  • तत्पश्चात् महावाणिज्यदूतावासले अक्टोबर 2024 (October 2024) महिनाको लागि खोलिएको Appointment date लिने। Appointment Date र Time छनौट गरेर सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा barcode सहितको PDF फाराम Download गर्ने।(डाउनलोड गरिएको फारामको दाँयापट्टि छेउमा र पुछारमा बारकोड देखिने गरी प्रिन्ट भएको हुनुपर्ने)
  • उक्त बारकोडसहितको फारामको Scanned PDF Copy, राहदानी र नागरिकताको फोटोकपी लिएर Biometrics का लागि तोकिएको स्थान र समयमा आवेदक स्वय उपस्थित हुनुपर्नेछ।

विद्युतीय राहदानी (ePassport application) का लागि आवश्यक कागजातहरु:

  • सक्कल नागरिकता र सोको प्रतिलिपि।
  • नाबालकको हकमा नाबालक परिचयपत्र वा जन्मदर्ता प्रमाणपत्र तथा बाबु र आमाको नागरिकता र विवाहदर्ताको प्रतिलिपिहरु।
  • सक्कल राहदानी र सोको प्रतिलिपि र हराएको खण्डमा पुरानो राहदानीको प्रतिलिपि।
  • Biometrics का लागि रीतपूर्वक अनलाईन फाराम (https://emrtds.nepalpassport.gov.np/) भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति।
  • राहदानी दस्तुर नेपाली महावाणिज्यदूतावासको नाममा जारी भएको Money Order  वा Bank Cashier check मार्फत बुझाउनुपर्नेछः
    • नियमित राहदानीको लागि – अ.ड. 150/-
    • राहदानी हराएको वा क्षति भएको भए – अ.ड. 300/-
    • नाबालक (१० वर्ष भन्दा कम उमेरको हकमा नियमिततर्फ – अ.ड. 75/- र          हराएको/क्षति भएको हकमा – अ.ड. 150/-)
    • नाबालक (१० वर्ष भन्दा बढी उमेरको हकमा नियमिततर्फ अ.ड. १५०/- र हराएको/क्षति भएको हकमा – अ.ड. ३०0/-)
  • सेवाग्राहीले राहदानी आवेदन गर्दाकै समयमा (Self-Addressed Prepaid Return Envelope) घुम्ती शिविरमा आउने नियोगका कर्मचारीलार्इ दिनुपर्नेछ। नेपालमा नयाँ राहदानी छपार्इ भई महावाणिज्यदूतावासमा प्राप्त भर्इसकेपछि उक्त राहदानी सम्बन्धित आवेदकले आफ्नो पूरा नाम र ठेगाना उल्लेख गरी उपलब्ध गराएको फिर्तिखाम (Self-Addressed Prepaid Return Envelope) मार्फत पठाइने छ।

२. एकतर्फी यात्रा अनुमतिपत्र One Way Travel Document

   आवश्यक कागजातहरुः

  • नेपाली नागरिकताको प्रतिलिपि।
  • नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकता र विवाहदर्ताको प्रतिलिपिहरु।
  • सक्कल राहदानी र सोको प्रतिलिपि र हराएको खण्डमा पुरानो राहदानीको प्रतिलिपि।
  • नेपाली महावाणिज्यदूतावास न्यूयोर्कको नाममा जारी भएको अ.ड. ५०/- को Money Order वा Bank Cashier check
  • २ प्रति पासपोर्ट साइजको फोटो।
  • गैर आवासीय नेपाली परिचय पत्रका लागि आवश्यक कागजातहरु
  • नेपाली मूलका विदेशी नागरिकले प्राप्त गरेको अमेरिकी Naturalization Certificate को प्रतिलिपि
  • नेपाली मूलका विदेशी नागरिकको अमेरिकी राहदानीको प्रतिलिपी ।
  • नेपाली नागरिकताको प्रतिलिपी (नागरिकता परित्याग गरेको भए सोको प्रतिलिपी)
  • नेपाली नागरिकता नबनेका नाबालक अवस्थामा अमेरिका आएका नेपाली मूलका विदेशी नागरिकहरुको लागि- बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र, नाबालक परिचयपत्र वा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, बाबु आमाको विवाह दर्ताको प्रतिलिपि
  • साबिकको नेपाली राहदानीको प्रतिलिपी।
  • हाल बसोबास गरेको मुलुकमा ब्यापार/व्यवसाय, वा पेसा/रोजगारीमा संलग्न रहेको भए सोको प्रमाण।
  • २ प्रति पासपोर्ट साइजको फोटो।
  • नेपाली महावाणिज्यदूतावास न्यूयोर्कको नाममा जारी भएको अ.ड. ५२०/- को Money Order वा Bank Cashier check
  • गैर आवासीय नेपाली परिचयपत्र तयार भएपछि फिर्ता पठाउनको लागि Self-Addressed Prepaid Return Envelope

यो घुम्ती सेवा शिविरबारे थप जानकारी आवश्यक भएमा सम्पर्कका लागिः

  • नेपाली महावाणिज्यदूतावास न्यूयोर्कः

Tel: 917-675-6783;           Email: cgnnewyork@mofa.gov.np

  • स्थानीय सम्पर्क व्यक्तिहरु:
  • Krishna P. Bhatta, President, NRNA NCC Connecticut Chapter, Cell No. 860-861-3232
  • Muna Tiwari, Cell No. 860-712-5270

 

  • Santosh Lamsal, President, Nepalese Association of Connecticut,  Cell No. 860-578-7527,
  • Gopal Adhikari, Vice-President, Cell No. 860-990-8662
  • Tara Niraula, Treasurer, Cell No. 860-987-8722
  • Subash Budhathoki, Secretary, Cell No. 860-216-8102

###