न्यूयोर्कको लंग आइल्याण्डमा संचालन हुने राहदानी सेवा घुम्ती शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

 

                       

 

न्यूयोर्कको लंग आइल्याण्डमा संचालन हुने राहदानी सेवा घुम्ती शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना    मितिः 2081/02/31 (जुन 13, 2024)

नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले लंग आइल्याण्ड नेपाली समाजसँगको सहकार्यमा देहायको स्थान, मिति र समयमा सो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गरी राहदानी सेवा प्रदान गर्ने कार्यक्रम तय गरेको  ब्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ।

शिविर आयोजना हुने स्थान, मिति र समयः

लंग आइल्याण्ड (Long Island)

स्थानः  2550 Clubhouse Road, Merrick, NY 11566

मितिः जुन 29, 2024 (शनिवार)

समय: बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म  (दिउँसो 1-2 बजेसम्म Lunch Break)

राहदानी नविकरणका लागि 2025 जुन २८ अगाडि नै म्याद समाप्त हुने राहदानी वाहकको मात्र आवेदन लिन सकिने तर हराएको वा क्षति भएको राहदानीको हकमा जुनसुकै म्यादको पनि आवेदन दिन मिल्ने ।

1.विद्युतीय राहदानी (e-Passport) नवीकरणका लागि फाराम (online application) भर्ने तथा appointment लिने तरिकाः

  • सर्वप्रथम आफ्नो कम्प्युटर/ल्यापटप वा मोबाईलको Date and Time Setting मा गई Time Zone “Kathmandu, Nepal” छनौट गर्ने।
  • https://emrtds.nepalpassport.gov.np/ मा गई Apply for Passport छनौट (Select) गरेपश्चात Renewal /Replacement (Lost/Stolen) वा हातले लेखेको राहदानी नवीकरणको लागि First Issuance छनौट गरी Ordinary 34 pages मा Proceed गर्ने।
  • Appointment Country -Other छनौट (Select) गरी Appointment Location – NPM, New York छनौट गर्ने।
  • तत्पश्चात् ुन २९, 2024 (June 29, 2024) को लागि खोलिएको Appointment date लिने। Appointment Date छनौट र सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा barcode सहितको PDF फाराम Download गर्ने।(डाउनलोड गरिएको फारामको दाँयापट्टि छेउमा र पुछारमा बारकोड देखिने गरी प्रिन्ट भएको हुनुपर्ने ।
  • उक्त बारकोडसहितको फारामको Scanned PDF Copy, राहदानी र नागरिकताको फोटोकपी attach गरी June 25, 2024 अगावै Verification का लागि नियोगको इमेल cgnnewyork@mofa.gov.np मा पठाउनु पर्नेछ।

फाराम Verify नगरी निवेदकले भरेको Details/Data Retrieve गर्न नसकिने र सो नभई Biometrics लिन नसकिने भएकोले फाराम Verification को लागि अनिवार्य रुपमा जुन 26, 2024 भित्र महावाणिज्यदूतावासको इमेलमा पठाउनुपर्नेछ र डाउनलोड गरिएको फारामको प्रिन्ट प्रति तथा अन्य राहदानीका लागि आवश्यक (तल 2 मा उल्लेखित) कागजातसहित तोकिएको स्थान र समयमा आवेदक स्वयं उपस्थित हुनुपर्नेछ।

  1. विद्युतीय राहदानी (e-Passport application) का लागि शिविरमा आउँदा ल्याउनुपर्ने आवश्यक कागजातहरु:
  • सक्कल नागरिकता र सोको प्रतिलिपि।
  • नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकता र विवाहदर्ताको प्रतिलिपिहरु।
  • नवीकरणका लागि सक्कल राहदानी र सोको प्रतिलिपि र हराएको खण्डमा पुरानो राहदानीको प्रतिलिपि।
  • Biometrics का लागि रीतपूर्वक अनलाईन फाराम (https://emrtds.nepalpassport.gov.np/) भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति।
  • राहदानी दस्तुर देहायबमोजिम हुनेछः
    • नेपाली महावाणिज्यदूतावासको नाममा जारी भएको Money Order वा Bank Cashier check- नियमित राहदानीको लागि – अ.ड. 150.00, हराएको र क्षति भएको भए – अ.ड. 300.00, नाबालकको हकमा नियमति तर्फ- अ.ड. 00, र हराएको/क्षति भएको हकमा – अ.ड.150.00)
  • सेवाग्राहीले राहदानी आवेदन गर्दाकै समयमा (Self-Addressed Prepaid Return Envelope) घुम्ती शिविरमा आउने नियोगका कर्मचारीलार्इ दिनुपर्नेछ।
  • नेपालमा नयाँ राहदानी छपार्इ भई महावाणिज्यदूतावासमा प्राप्त भर्इसकेपछि उक्त राहदानी सम्बन्धित आवेदकले आफ्नो पूरा नाम र ठेगाना उल्लेख गरी उपलब्ध गराएको फिर्तिखाम (Self-Addressed Prepaid Return Envelope) मार्फत पठाइने छ।

यो घुम्ती सेवा शिविरबारे थप जानकारी आवश्यक भएमा सम्पर्कका लागिः

  • Consulate General of Nepal, New York,

Tel: 917-675-6783;     email: cgnnewyork@mofa.gov.np

  • Contact person at Long Island:
  • Kul Gouli (Rajan), President, Long Island Nepalese Society, Cell No. 718-974-7251,
  • Rajendra Karki, Cell No. 516-234-1642
  • Sabitra Siwakoti, Cell No. 516-242-6345

###