म्यासाचुसेट्स राज्यको बोस्टनमा संचालन हुने कन्सुलर सेवा घुम्ती शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

 म्यासाचुसेट्स राज्यको बोस्टनमा संचालन हुने कन्सुलर सेवा घुम्ती शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, म्यासाचुसेट्स च्याप्टर अमेरिका तथा न्यू हेमसायर च्याप्टरसमेतको सहकार्यमा म्यासाचुसेट्स राज्यको बोस्टनशहरस्थित देहायको स्थान, मिति र समयमा सो क्षेत्र र आसपासका राज्य/इलाकामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी कन्सुलर सेवा शिविरमार्फत विभिन्न किसिमका कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय गरेको ब्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ।

कन्सुलर सेवा घुम्ती शिविर आयोजना हुने स्थान, मिति र समय

बोस्टन (Boston)

स्थानः  220 Alewife Brook Park Way, Cambridge MA, 02138

      मितिः  फेब्रुअरी 3 -4, 2024 (शनिवार र आइतबार)

        समय: बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म (दिउँसो 1-2 बजेसम्म Lunch Break) 

कन्सुलर सेवा शिविरबाट प्रवाह हुने सेवाहरुः

(क) राहदानी नवीकरण (2025 जनवरी 31 अगाडि नै म्याद समाप्त हुने राहदानी वाहकको मात्र आवेदन लिन सकिने तर हराएको राहदानीको हकमा जुनसुकै म्यादको पनि आवेदन दिन मिल्ने ।)

(ख) अधिकृत वारेशनामा प्रमाणिकरण (Power of Attorney)

(ग) पर्यटक भिसा जारी (Tourist visa)

(घ) गैर आवासीय नेपाली परिचय पत्रको आवेदन संकलनः (NRN Card तयार भएपछि हुलाकमार्फत सेवाग्राहीको घर/आवास ठेगानामा पठाइने । )

(ङ) अन्य Attestation सम्बन्धी कागजातहरु ।

1.विद्युतीय राहदानी (e-Passport) नवीकरणका लागि फाराम (online application) भर्ने तथा appointment लिने तरिकाः

  • सर्वप्रथम आफ्नो कम्प्युटर/ल्यापटप वा मोबाईलको Date and Time Setting मा गई Time Zone “Kathmandu, Nepal” छनौट गर्ने।
  • https://emrtds.nepalpassport.gov.np/ मा गई Apply for Passport छनौट (Select) गरेपश्चात Renewal /Replacement (Lost/Stolen) वा हातले लेखेको राहदानी नवीकरणको लागि First Issuance छनौट गरी Ordinary 34 pages मा Proceed गर्ने।
  • Appointment Country – Other छनौट (Select) गरी Appointment Location – NPM, New York छनौट गर्ने।
  • तत्पश्चात् जनवरी वा फेब्रुअरी 2024 को लागि खोलिएको appointment date मध्ये कुनै दिनको appointment date लिने।बोस्टन कन्सुलर सेवा शिविरका लागि लिएको Appointment Date छनौट र सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा barcode सहितको PDF फाराम Download गर्ने।(डाउनलोड गरिएको फारामको दाँयापट्टि छेउमा र पुछारमा बारकोड देखिने गरी प्रिन्ट भएको हुनुपर्ने ।
  • उक्त बारकोडसहितको फारामको Scanned PDF Copy, राहदानी र नागरिकताको फोटोकपी attach गरी January 30, 2024 अगावै Verification का लागि नियोगको इमेल cgnnewyork@mofa.gov.np मा पठाउनु पर्नेछ।

फाराम Verify नगरी निवेदकले भरेको Details/Data Retrieve गर्न नसकिने र सो नभई Biometrics लिन नसकिने भएकोले फाराम Verification को लागि अनिवार्य रुपमा जनवरी 3०, 2024 भित्र महावाणिज्यदूतावासको इमेलमा पठाउनुपर्नेछ र डाउनलोड गरिएको फारामको प्रिन्ट प्रति तथा अन्य राहदानीका लागि आवश्यक (तल 2 मा उल्लेखित) कागजातसहित तोकिएको स्थान र समयमा आवेदक स्वयम् उपस्थित हुनुपर्नेछ।

  1. विद्युतीय राहदानी (e-Passport application) का लागि शिविरमा आउँदा ल्याउनुपर्ने आवश्यक कागजातहरु:
  • सक्कल नागरिकता र सोको प्रतिलिपि।
  • नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकता र विवाहदर्ताको प्रतिलिपिहरु।
  • नवीकरणका लागि सक्कल राहदानी र सोको प्रतिलिपि र हराएको खण्डमा पुरानो राहदानीको प्रतिलिपि ।
  • Biometrics का लागि रीतपूर्वक अनलाईन फाराम (https://emrtds.nepalpassport.gov.np/) भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति।
  • राहदानी दस्तुर देहायबमोजिम हुनेछः

नेपाली महावाणिज्यदूतावासको नाममा जारी भएको Money Order  वा Bank Cashier check- नियमित राहदानीको लागि – अ.ड. 150.00, हराएको र क्षति भएको भए – अ.ड. 300.00, नाबालकको हकमा नियमति तर्फ – अ.ड.75.00, र हराएको/क्षति भएको हकमा – अ.ड.150.00)

  • सेवाग्राहीले राहदानी आवेदन गर्दाकै समयमा (Self Addressed Prepaid Return Envelope) घुम्ती शिविरमा आउने नियोगका कर्मचारीलार्इ दिनुपर्नेछ ।
  • नेपालमा नयाँ राहदानी छपार्इ भई महावाणिज्यदूतावासमा प्राप्त भर्इसकेपछि उक्त राहदानी सम्बन्धित आवेदकले आफ्नो पूरा नाम र ठेगाना उल्लेख गरी उपलब्ध गराएको फिर्तिखाम (Self Addressed Prepaid Return Envelope) मार्फत पठाइने छ।
  1. अधिकृत वारेशनामाका लागि शिविरमा आउँदा ल्याउनुपर्ने आवश्यक कागजातहरु तथा जानकारीहरु
  • सहिछापको लागि महावाणिज्यदूत समक्ष अधिकृत वारेसनामा दिने व्यक्ति स्वयम् उपस्थित हुनुपर्दछ।
  • मुलकी देवानी कार्यबिधि (संहिता) ऐन, २०७४ मा उल्लेख भएको प्रावधान समेटिएको र नेपाली अधिबक्ताद्वारा तयार गरिएको अधिकृत वारेसनामा नेपाली कागजमा प्रिन्ट भएको हुनुपर्दछ । मुद्धा-मामिला परिसकेको भए तारेख पत्रको कपि र मुद्धा-मामिला दायर गर्नुपर्ने भए स्पष्ट बिबरण लिखितम मा खुलाएको हुनुपर्दछ।
  • अधिकृत वारेसनामा २ प्रति सक्कल र नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कलाई सम्बोधन गरिएको १ प्रति निवेदन हुनुपर्नेछ।अधिकृत वारेशनामाको लिखितममा समेत नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कका महावाणिज्यदूत समक्ष उपस्थित भई हस्ताक्षर गरेको व्यहोरा उल्लेख हुनुपर्दछ।
  • अधिकृत वारेसनामा दिने व्यक्तिको सक्कल नागरिकता प्रमाणपत्र तथा त्यसको प्रतिलिपि र अधिकृत वारेसनामा लिने व्यक्तिको नागरिकता प्रमाणपत्रको छाँयाप्रति नेपालमा नोटरी पव्लिकबाट प्रमाणित गरिएको हुनुपर्दछ।
  • घरजग्गा बिक्री हकहस्तान्तरणको बिषय भए घरजग्गाको चालु आ.व. को मालपोत तिरेको सक्कल रसिद वा त्यसको नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्दछ।
  • अधिकृत वारेसनामा दिने व्यक्तिको नेपाली राहदानी र नागरिकताको कपी सक्कल र फोटोकपी संलग्न गर्नुपर्दछ।
  • वारेशनामामा साक्षी राखिएका ब्यक्तिहरुको नोटरी पब्लिकबाट प्रमाणित गरिएका नागरिकताका प्रतिलिपीहरु ।
  • घर/जग्गा खरीदविक्रि वा हक हस्तान्तरण सम्बन्धी भए घर/जग्गाधनी प्रमाणपत्रको सक्कल वा नोटरी पव्लिकबाट प्रमाणित प्रति संलग्न हुनुपर्नेछ।
  • सवारीसाधन सम्बन्धी भए सवारी धनिपूर्जा सक्कल वा नोटरी पब्लिक द्वारा प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्दछ।
  • शेयर धितोपत्र सम्बन्धी भएमा शेयरधनि प्रमाण पत्र सक्कल वा नोटरी पब्लिकद्वारा प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्दछ।
  • सम्बन्ध विच्छेद (Divorce) सम्बन्धी भएमा विवाहदर्ताको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्दछ ।
  • पति/पत्नी दुबैको सहमतीमा सम्बन्ध विच्छेदका लागि वारेशनामा पठाउँदा दुवैको नागरिकता वा राहदानीको प्रतिलिपि संलग्न गर्नुपर्दछ र दुवैजना घुम्ती शिविरमा उपस्थित भई सहिछाप गर्नुपर्नेछ।
  • अधिकृत वारेसनामामा दिने र लिनेको तीन पुस्ते विवरण उल्लेख भएको हुनुपदर्छ।
  • अधिकृत वारेसनमा दिनेको हालसालै खिचिएको २/२ प्रति रङ्गिन फोटो साथमा र लिनेको वारेसनामा कागजातमा टाँस र हस्ताक्षर भर्इ आउनुपर्ने ।
  • “किनारा साक्षीका सदर” भनी उल्लेख भएमा साक्षीको नाम, ठेगाना तथा हस्ताक्षर, यदि “रोहवरका साक्षीकासदर” भनी उल्लेख भएमा स्थानीय साक्षीहरु शिविरमा उपस्थित हुनुपर्दछ ।
  • अधिकृत वारेसनामा प्रमाणीकरण शुल्क अमेरिकी डलर २०० तोकिएको छ।सो शुल्क “Consulate General of Nepal, New York” को नाममा मनि अर्डर/ Bank Cashier Check तयार गरी पेश गर्नुपर्दछ। नगद वा क्रेडिट/डेविट कार्डमार्फत भुक्तानी सुविधा नरहेको।
  • पुनश्च: अमेरिकी नागरिक भइसकेको अर्थात अमेरिकी नागरिकता वा राहदानी लिएका नेपाली मूलका अमेरिकी नागरिकले साविकमा गैरआवासीय नेपाली परिचयपत्र (NRN) को आधारमा यदाकदा यो सुविधा लिएको भएपनि मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ को दफा १५३ (३) बमोजिम विदेशस्थित नेपाली नियोगवाट प्रमाणीकरण गर्न नमिल्ने जानकारी आएकोले त्यस किसिमको प्रमाणीकरण कार्य वन्द गरिएको छ ।
  • सम्बन्धित कागजातहरु मिति जनवरी 26,2024 अगावै नियोगको इमेल cgnnewyork@mofa.gov.np मा जाँचबुझका लागि पठाउनुपर्ने र इमेलबाट कागजातहरु मिले/नमिलेको जवाफ दिइने र प्रकिया मिलेको अधिकृत वारेशनामा शिविरबाट प्रमाणित गरिने ।
  1. गैर आवासीय नेपाली परिचय पत्रका लागि शिविरमा आउँदा ल्याउनुपर्ने आवश्यक कागजातहरु
  • सेवाग्राहीले रीतपूर्वक भरेको आवेदन फारामको प्रिन्ट कपी ।
  • नेपाली मूलका विदेशी नागरिकले प्राप्त गरेको अमेरिकी Naturalization Certificate को कपी ।
  • नेपाली मूलका विदेशी नागरिकको अमेरिकी राहदानीको प्रतिलिपी ।
  • नेपाली नागरिकताको प्रतिलिपी (नागरिकता परित्याग गरेको भए सोको प्रतिलिपी)
  • नाबालक तथा नेपाली नागरिकता नबनेका नेपाली मूलका विदेशी नागरिकहरुको लागि- बाबु र आमा वा हजुरबुबा र हजुरआमाको नेपाली नागरिकताको प्रमाणपत्र, जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, बाबु आमाको विवाह दर्ताको प्रतिलिपि
  • साबिकको नेपाली राहदानीको प्रतिलिपी ।
  • हाल बसोबास गरेको मुलुकमा ब्यापार/व्यवसाय, वा पेसा/रोजगारीमा संलग्न रहेको भए सोको प्रमाण
  • 2 प्रति पासपोर्ट साइजको फोटो ।
  • नेपाली महावाणिज्यदुतावास न्यूयोर्कको नाममा जारी भएको अ.ड. 520 को Money Order वा Bank Cashier check
  1. पर्यटक प्रवेशाज्ञा (Tourist visa)
  2. Applicant’s Passport having validity for at least 6 months at the time of entry to Nepal.
    b. Duly filled in visa application form (downloadable at Visa Application Form).
    c. One recent photograph of the applicant (2X2)
  3. Applicable visa fee in Money order/Cashier check payable to “Consulate General of Nepal, New York”.
    (15 days:, $30.00, 30 days: $50.00, 90 days: $125.00)
  4. Printout/Receipt of the online visa application (visa pre-approval) at the website of Immigration Department of Nepal at https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application
  5. Proof/Copy of full doze of COVID-19 vaccination/Vaccine card

(Note: Copies of these documents may be asked at the time of visa application, airport check in counter and immigration counter upon arrival in Nepal. Therefore, we suggest to make a set of copies and take along together.)

यो घुम्ती सेवा शिविरबारे थप जानकारी आवश्यक भएमा थप सम्पर्कका लागिः

  • Contact person at Consulate Office, New York
    Sangita Neupane , Vice Consul, Consulate General of Nepal, New York, Mob: 646 724 9704
    Mr. Nawaraj, Office Secretary, Mob: 929-257-4997, email: cgnnewyork@mofa.gov.np
  • Contact person at Boston:
    Prachanda Shrestha, MA Chapter President, NRNA NCC USA, Cell No.- 6174158748
    Mr. Prem Tamang, Vice President, NRNA NCC USA, Cell No.- 8579192412
  • Contact person at New Hampshire:
    Kamal Dhungana, NH Chapter President, NRNA NCC USA, Cell No.- 6036618973

 

नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क

मितिः 2080/9/२० (जनवरी 05, 2024)