National Democracy Day 2078 Celebration

नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो।

नेपालको ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कमा आज बिहान एक संक्षिप्त र विशेष कार्यक्रमको आयोजना गरी मनाइयो।

कार्यवाहक महावाणिज्यदूत बिष्णुप्रसाद गौतमद्वारा नेपालको राष्ट्रिय झन्डा फहराई प्रारम्भ गर्नुभएको सो अवशरमा दीप प्रज्वलन र नेपालको राष्ट्रिय गान बजाउनुका साथै शहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कार्यवाहक महावाणिज्यदूतले राष्ट्रिय प्रजातन्त्र दिवसको महत्व र यसको देनमाथि प्रकाश पार्नुभएको थियो।साथै, प्रजातन्त्र दिवसको अवशरमा महावाणिज्यदूतावासको कार्यक्षेत्र न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटमा बसोबास गर्नुहुने लगायत देश विदेशमा रहनुभएका सबै नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा महावाणिज्यदूतावास कर्मचारीहरूको उपस्थिति रहेको थियो।

नेपाली महावाणिज्यदूतावास

न्यूयोर्क

सम्बत २०७८ फागुन ७ गते