संयुक्त राज्य अमेरिकाको उत्तर-पूर्वी भागसँगको नेपालको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप विस्तार गर्न तथा यस क्षेत्रमा बसोवास गर्ने बढ्दो नेपाली समुदाय तथा नेपालसँग सम्वन्ध भएका विदेशी नागरिकलाई सेवा दिने उद्देश्यका साथ नेपाल सरकारले वि.स.२०७२ सालमा न्यूयोर्कमा अलग्गै नेपाली महावाणिज्यदूतावासको स्थापना गरेको हो। यस महाबाणिज्यदूतावसको क्षेत्राधिकार (consular district) अमेरिकाको उत्तर-पूर्वी क्षेत्रका ९ राज्यहरू (न्यूयोर्क, न्यूजर्सी, कनेक्टिकटस, मासाचुसेट्स, पेनसिलभेनिया, न्यू ह्याम्पशायर, रोड आइल्याण्ड, भर्मोन्ट, र मेन) रहेका छन। वि.स.२०७२ साल भन्दा अगाढी यस कार्यालयले संयुक्त राज्य अमेरिकाका न्यूयोर्क, न्यूजर्सी तथा कनेक्टिकटस राज्यबाट कन्सुलर सेवा लिन चाहने सेवाग्राहीहरुलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी नियोगबाट आफ्नो कन्सुलर सेवाहरू उपलब्ध गराउने गरेको थियो।
नेपालको महावाणिज्यदूतावास न्यूयोर्कको 228 East 45th Street, 4th Floor, New York, NY 10017 मा अवस्थित छ। सेवाग्राहीहरूले फोन (917-675-6783) वा इमेल (nepal.cgnny@gmail.com) मार्फत हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाल यस महावणिज्यदूतावासमा नियोग प्रमुखको रुपमा महावाणिज्यदूत श्री दधिराम भण्डारी र अन्य तीन जना कूटनीतिक कर्मचारीहरू यस नियोगमा कार्यरत छन।
महावाणिज्यदूतावासबाट प्राप्त गर्न सकिने सेवाहरू र अन्य क्रिर्याकलापको वारेमा निम्न लिङ्कका थप जानकरी उपलव्ध गराइको छः Consulate General of Nepal, New York