राहदानी सेवा सूचारु भएको सम्बन्धी सूचना
राहदानी सेवा प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण केहि दिनदेखि अवरुद्ध भएको राहदानी सेवा यस महावाणिज्यदूतावासबाट पुनः सुचारु भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
नोभेम्बर महिनाको Appointment लिनुभएका सेवाग्राहीहरु डिसेम्बर महिनाभित्र आफ्नो अनुकुल मितिमा तथा अन्य सेवाग्राहीहरु राहदानीको आवेदन फाराममा उल्लेखित मितिमा Biometrics का लागि महावाणिज्यदूतावासमा उपस्थित हुन अनुरोध गरिन्छ।
नेपाली महावाणिज्यदूतावास,
न्यूयोर्क
डिसेम्बर ०४, २०२४