
अत्यन्त जरुरी सूचना
अत्यन्त जरुरी सूचना राहदानी विभाग, काठमाडौंको तथ्याङ्क व्यवस्थापन प्रणालीमा देखिएको समस्याका कारण यस महावाणिज्यदूतावासले प्रदान गर्ने राहदानी सेवा समेत केहि दिनदेखि अवरुद्ध भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति महावाणिज्यदूतावास क्षमाप्रार्थी छ। राहदानी विभागबाट सो समस्या समाधान भएको सूचना प्राप्त भएपश्चात राहदानी नविकरण कार्य नियमित रुपमा सूचारु हुने समेत जानकारी गराइन्छ। यस नियोगमा बायोमेट्रिकका