नयाँ राहदानी तयार भएको सूचनाः
यस नेपाली महावाणिज्यदूतावासमा नयाँ राहदानीका लागि २१ जुलाई २०२५ का दिनसम्म आवेदन दिनुभएका आवेदहरु मध्ये सैसाथ संलग्न सूचीका आवेदकहरुको राहदानी परराष्ट्र मन्त्रालय, राहदानी सेवा विभाग, काठमाण्डौबाट तयार भई २९ जुलाई २०२५ का दिन न्यूयोर्क आइपुगेका छन्। आवेदन गर्दाको रसीद/भौचर र परिचयपत्र सहित उपस्थित भई नियोगको कार्यालय खुलेको दिन २ देखि ३ बजेसम्म रिशेप्सनबाट आफ्नो राहदानी बुझिलिनुहुन अनुरोध गरिन्छ। आवेदन गर्दाकै बखत हुलाकमार्फत आफ्नै घरठेगानामा राहदानी बुझिलिने गरी यस नियोगमा रिटर्न खाम छोडेर जानुहुने आवेदकको राहदानी सम्बन्धितको ठेगानामा हुलाकमार्फत प्रोषित गरिनेछ।