विद्युतीय राहदानी आवेदन गर्ने तरिका
विद्युतीय राहदानी आवेदन विद्युतीय राहदानी आवेदन गर्ने तरिका
राहदानी
For e-Passport Online Application Click here: https://online.nepalpassport.gov.np Portal: Home
विद्युतीय राहदानी आवेदन गर्नका लागि प्रि इनरोलमेन्ट गर्ने तरिकाः
- आफू रहे-बसेको स्थानबाट कम्प्युटरमार्फत् प्रि-इनरोलमेन्ट गर्न सकिने।
- राहदानी विभागको वेबसाइटमा उपलब्ध वा https://online.nepalpassport.gov.np Portal: Home लिंकमा प्रवेश गरी देहायमध्ये खाता बिना आवेदन दिनुहोस (Apply without an account) छान्ने । (खाता दर्ता गर्न राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने।)
- देहायमध्ये एक आवेदनको प्रकार छान्ने ।
- पहिलो पटक राहदानी लिन (First Issuance)
- म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal)
- हराएको/चोरिएको राहदानीको सट्टामा (Replacement- Lost/Stolen)
- बिग्रेको राहदानीको सट्टामा (Replacement-Damaged)
- हालको राहदानीमा विवरण गलत भई नयाँ राहदानीका लागि आवेदन गर्न [Modification(Data Correction)]
- त्यसपछि Ordinary 34 pages अप्सन क्लिक गरी next मा क्लिक गर्ने। । (हाल ordinary 66 pages उपलब्ध नरहेको।)
- Data Privacy consent मा agree गर्ने।
- त्यस पश्चात् उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न पाँच उपशीर्षकमा रहेका विवरणहरू भर्ने। हाललाई यस नियोगमा आवेदन गर्ने सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र नं. राख्नु नपर्ने। (तपाईको नामको बीचमा कुनै middle name जस्तै कुमार, बहादुर, प्रसाद रहेको भए त्यसलाई first name को खण्डमा नै लेख्नुहोस्। उदाहरणको लागि, तपाइको नाम दुर्गा प्रसाद अधिकारी हो भने दुर्गा प्रसाद First Name को खण्डमा र अधिकारी surname को खण्डमा लेख्नुहोस्।)
- ठेगाना खण्डमा Street Name को ठाउँमा टोलको नाम राख्ने। Proxy Name सम्बन्धी विवरण खाली छाड्ने।
- तत् पश्चात् आफ्नो नागरिकता प्रमाणपत्रको अगाडि-पछाडि दुबै पेज, हालको राहदानीको फ्रन्ट (फोटो तथा व्यक्तिगत विवरण भएको पेज नं. २ र ३) र ब्याक पेज (पेज ३० र ३१) तथा अन्य सान्दर्भिक कागजातहरू छुट्टाछुट्टै रंगीन स्क्यान गरी अपलोड गर्ने । (नाबालक आवेदकको हकमा नाबालक परिचयपत्र, जन्मदर्ता, र राहदानीका साथै बुवा-आमाको नागरिकता, राहदानी र विवाहदर्ता प्रमाणपत्र रंगीन स्क्यान गरी अपलोड गर्ने।)
- त्यस पश्चात् Book Your Appointment मा प्रवेश गरेर Appointment Country मा Other अप्सन क्लिक गरी Appointment Location मा NPM, New York अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्धमध्ये अघिल्लो मिति र समय बुकिंग गर्ने।
- तत् पश्चात् फाराम Save गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने। बुंकिग गरेको मिति र समयमा नियोगमा Live Enrollment का लागि निवेदक स्वयं यो फाराम लिएर आउनुपर्नेछ ।
बुकिंग गरेको मिति र समयमा Live Enrollment का लागि महावाणिज्यदूतावासमा आउँदा ल्याउनुपर्ने कागजातहरू:
१. राहदानी नवीकरणका लागिः
- रीतपूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट।
- नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि।
- पुरानो राहदानीको सक्कल तथा प्रतिलिपि।
- tracking number सहितको prepaid self-addressed express return envelope।
२. हराएको राहदानीको सट्टा नयाँ राहदानी आवेदनका लागिः
- रीतपूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट।
- नागरिकताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि।
- पुरानो राहदानीको प्रतिलिपि।
- राहदानी हराएका सम्बन्धी प्रहरी प्रतिवेदन।
- tracking number सहितको prepaid self-addressed express return envelope(यदी नियोगमा राहदानी बुझिलिन नआउने आउन नसक्ने भएमा)।
३. च्यातिएको, ब्रिगेको वा केरमेट भएको राहदानीको सट्टा नयाँ राहदानी आवेदनका लागिः
- रीतपूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट।
- नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि।
- पुरानो राहदानीको सक्कल र प्रतिलिपि। (ब्रिगिएको राहदानी अनिवार्य ल्याउनुपर्ने)
- tracking number सहितको prepaid self-addressed express return envelope।
४. नाबालक (१६ वर्षभन्दा मुनिका) आवेदकको लागिः
- रीतपूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट।
- नाबालक परिचयपत्र र जन्मदर्ताको सक्कल तथा प्रतिलिपि।
- पुरानो राहदानीको सक्कल तथा प्रतिलिपि।
- नाबालकको बुवा-आमाको नागरिकता, राहदानी र विवाहदर्ताको सक्कल र प्रतिलिपी।
- tracking number सहितको prepaid self-addressed express return envelope।
राहदानी शुल्क
|
क्र.सं. |
राहदानीको प्रकार |
शुल्क (अ. ड.) |
|
१. |
साधारण राहदानी (३४ पृष्ठ) |
१५० |
|
२. |
हराएको/चोरिएको/बिग्रेको राहदानीको सट्टामा नयाँ राहदानी |
२२५ |
|
३. |
१० वर्षभन्दा कम उमेरका नाबालकको साधारण राहदानी |
७५ |
|
४. |
१० वर्षभन्दा कम उमेरका नाबालकको हराएको/चोरिएको/विग्रेको राहदानीको सट्टामा नयाँ राहदानी |
११३ |
नोटः राहदानी शुल्क बापतको रकम Consulate General of Nepal, New York को नामको Money Order मार्फत तिर्नुपर्ने।नगद वा कार्डद्वारा भुक्तानीको सेवा हाललाई उपलव्ध छैन।
राहदानी वितरणः
- विद्युतीय राहदानी (e-Passport) आवेदन गरेको मितिदेखि साधारणतया १-२ महिनाभित्र वितरण गरिनेछ।
- राहदानी विभागबाट राहदानी प्राप्त भएपछि prepaid self-addressed express return envelope बुझाउनुहुने आवेदकहरूलाई सो envelope मार्फत् राहदानी पठाइनेछ।नियोगमा स्वयम आएर राहदानी लिन चाहने सेवाग्राही कार्यालय खुलेको दिन विहान ९:३० देखि दिउसो २ :३० बजेसम्म रिसेप्सनबाट लिन सकिने।
अन्य महत्वपूर्ण जानकारीः
- Live enrollment गरिने भएकोले राहदानी नवीकरणका लागि फोटो ल्याउनु नपर्ने।
- विद्युतीय राहदानी (e-Passport) आवेदनका लागि प्रि-इनरोलमेन्ट फाराम भरिसकेपछि नियोगमा Live-enrollment का लागि आँउदा तोकिएको मिति र समयमा मात्र आउनुपर्ने। पूर्वनिर्धारित मिति र समय (appointment) बिना राहदानी नवीकरणका लागि नियोगमा आउने सेवाग्राहीहरूलाई सेवा प्रदान गर्न थप समय लाग्ने हुन्छ।
- पुरानो राहदानीको पाना सकिएको, म्याद सकिएको वा म्याद सकिन १ वर्षभन्दा कम समय बाँकी रहँदा मात्र राहदानी नवीकरणका लागि आवेदन गर्न सकिने। १ वर्ष भन्दा बढी बहाल अवधि भएका राहदानी नवीकरण गर्न नमिल्ने।
विद्युतीय राहदानी (e-Passport) का बारेमा थप जानकारी आवश्यक परेमा राहदानी विभागको वेबसाईट https://nepalpassport.gov.np/ यस नियोगको वेबसाईट Consulate General of Nepal, New York र फेसबुक पेज https://www.facebook.com/profile.php?id=100005292765147 मा राखिने सूचनाबाट समेत आद्यावधिक जानकारी लिन अनुरोध छ।